Monday, February 22, 2016

उपभोक्ता ठग्ने दुई पेट्रोल पम्पमा सिलबन्दी

सुरुङ्गा (झापा), १० फागुन । नापतौलमा ठगी गरेको प्रमाणित भएपछि झापाका दुईवटा पेट्रोल पम्पमा आइतबार सिलबन्दी गरिएको छ ।

भद्रपुरस्थित आर्य टे«ड इन्टरनेसनल र सुरुङ्गामा रहेको मातृ पेट्रोल पम्पमा सिलबन्दी गरिएको नापतौल गुणस्तर नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरका अधिकृत मनिषकुमार दासले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, नापतौल गुणस्तर नियन्त्रण कार्यालयबाट खटिएको अनुगमन टोलीले झापाका चारवटा पेट्रोल पम्पको अनुगमन गरेको थियो । अनुगमनको क्रममा आर्यले उपभोक्तालाई वितरण गरिने पाँच लिटरमा ६०० एमएल र मातृले पाँच लिटरमा ३०० एमएल ठगी गरेको पाइएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts