Wednesday, February 24, 2016

एमाले अञ्चलस्तरीय सभा फागुन १४मा

बुटवल, १२ फागुन । नयाँ संविधानको सन्देश जनतामा पु¥याउन नेकपा (एमाले) लुम्बिनीले शुक्रबार भैरहवामा ‘जनताको संविधान जनताको माझमा’ जनसभा कार्यक्रम गर्दैछ ।

एमाले रुपन्देही जिल्ला प्रचार विभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख तेजेन्द्र केसीले संविधानबारे छरिएका नकारात्मक भ्रम चिरी एकताबद्ध भएर विकासमा लाग्ने उद्देश्यले सभाको आयोजना गरिने जानकारी दिनुभयो ।

सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अन्य केन्द्रीय नेताहरु आउने जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts