नवलपरासी, १२ फागुन । अमलटारीमा आज एउटा गैंडा मृत अवस्थामा फेला परेको छ ।
गैंडाको खाग, खुर लगायत मूल्यवान् वस्तु सुरक्षित रहेको छ । स्थानीयवासीले मृत गैंडा देखेपछि निकुञ्जलाई खबर गरेको स्थानीयवासी खामबहादुर मुसहर जानकारी दिनुभयो ।
मृत गैंडा देखेर खबर गर्नेलाई निकुञ्ज प्रशासनले रु ५० हजार पुरस्कार घोषणा गरेको छ । रासस
No comments:
Post a Comment