धनुषा, ६ फागुन । मधेस आन्दोलनका कारण विगत ६ महिनादेखि प्रभावित एकीकृत सहरी विकास आयोजनाले पछिल्लो दिनमा गति लिएको छ ।
एसियन विकास बैंकको सहयोगमा जनकपुर उपमहानगरपालिकामा एकीकृत सहरी विकास आयोजना सञ्चालित छ । मधेस बन्दको कारण आयोजनाको काम सुस्त रहे पनि बन्द हडताल जस्ता कार्यक्रम स्थगित भए पछि निर्माण कार्यमा गति आएको हो । एकीकृत सहरी विकास आयोजनाका प्रमुख गङ्गाप्रसाद यादवका अनुसार अहिले सडकमा पर्ने विद्युत् पोल, टेलिफोन तथा सडक पेटीमा रहेका हैन्ड पाइप सार्ने कार्य भइरहेको छ ।
सन् २०१५ डिसेम्बरमा आयोजनाअन्तर्गत सडक तथा नाला व्यवस्थापनका लागि आर्थिक र प्राविधिक प्रस्तावसहितको बोलपत्र आह्वान गरिएको थियो भने निर्माणको जिम्मा लौङजिङले पाएको छ । जनकपुरको विकासका लागि महत्वपूर्ण मानिएका उतm आयोजनाअन्तर्गत परिक्रमा रोड, रेल्वे स्टेसनदेखि श्याम चोक, जानकी मन्दिरदेखि रामानन्द चोक गरी करिब नौ किलोमिटर सडक र नाला निर्माण गर्ने कार्य रहेको छ ।
“सडक छेउमा पर्ने घरहरु चाडै नै भत्काउने कार्य सुरु गरिने छ” आयोजनाका प्रमुख यादवले भन्नुभयो । रासस
No comments:
Post a Comment