Wednesday, February 3, 2016

व्यवस्थापन सम्मेलन माघ २२ मा हुने

काठमाडौँ, २० माघ । भूकम्पले क्षति पु¥याएका भौतिक संरचनाको पुनःनिर्माणको व्यवस्थापनमा केन्द्रीत रही राष्ट्रिय व्यवस्थापन अधिवेशन हुने भएको छ ।

नेपाल व्यवस्थापन सङ्घद्वारा यही माघ २२ गते आयोजना हुने सो ३५आँै अधिवेशनमा यस क्षेत्रका विज्ञहरुले पुनःनिर्माण सम्बन्धी कार्यपत्र पेस गर्नुहुने सङ्घद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । अधिवेशन तथा सङ्घको वार्षिक साधारण सभामा करिब २५० जनाको सहभागिता रहने छ ।

अधिवेशनका क्रममा सन् २०१५ को व्यवस्थापन विकास परिदृश्य सार्वजनिक गरिनुका साथै वर्षको व्यवस्थापक सम्मान तथा वर्षको महिला व्यवस्थापक पहिचना सम्मान पनि प्रदान गरिने छ । विस २०३७ मा स्थापना भएको सङ्घमा व्यवस्थापक, प्रशासक, अर्थशास्त्री, इन्जिनियर, उद्यमीलगायका क्षेत्रका विज्ञको आवद्धता रहीआएको छ । पूर्व बजेट तथा मौन्द्रिक नीति छलफललगायत अन्य क्षेत्रमा सरकारलाई सङ्घले सहयोग गर्दै आएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts