Monday, February 8, 2016

सशस्त्रका प्रवक्तामा खनाल

काठमाडौँ, २५ माघ । सशस्त्र प्रहरी बलका प्रवक्तामा नायब महानिरीक्षक शैलेन्द्र खनाल तोकिनुभएको छ ।

बलका महानिरीक्षकको सचिवालयमा कार्यरत नायब महानिरीक्षक खनालले आजबाट प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको प्रहरी बल सूचना शाखा हल्चोकले जनाएको छ ।

खनालले यसअघि पनि प्रवक्ताको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ राजस्व भन्सार तथा औद्योगिक निर्देशनालयबाट केही समयअघि सरुवा भई महानिरीक्षकको सचिवालयमा आउनुभएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts