Monday, February 8, 2016

काजमा कर्मचारी राखिँदैन : मन्त्री शर्मा

धनकुटा, २५ माघ । सामान्य प्रशासनमन्त्री रेखा शर्माले अब काजमा कर्मचारी राख्ने परिपाटीको अन्त्य गरिने बताउनुभएको छ ।

मन्त्रालयले आज यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले अब काजका सबै कर्मचारीलाई फिर्ता गराएर दरबन्दीमा मात्र राखिने बताउनुभयो ।

“काजमा कर्मचारी रहँदा उसको मनस्थिति अस्थिर भई काम प्रभावकारी हुन सक्दैन”, मन्त्री शर्माले भन्नुभयो, “कर्मचारीलाई ढुक्क भएर जनताका सेवा गर्ने वातावरण निर्माणका लागि सबै कर्मचारी दरबन्दीमा राख्न लागिएको हो । ”
हालसम्म करिब चार सय कर्मचारीलाई काज फिर्ता गराइसकिएको जानकारी दिँदै मन्त्री शर्माले अब कर्मचारी सरुवाका लागि क्षेत्रीय प्रशासन र जिल्ला प्रशासनलाई अधिकार प्रत्यायोजन गरिएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts