Friday, February 26, 2016

हिन्दू राष्ट्र घोषणा गर्न पाउनु हाम्रो अधिकार हो : उपप्रम थापा

भीमदत्तनगर, १४ फागुन । उपप्रधानमन्त्री कमल थापाले नेपाललाई हिन्दू राष्ट्र पुनःस्थापना गर्न सबै नेपाली एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–८ स्थित शारदापीठ भम्केनी धाममा गाईको मूर्तिसहितको रथ उद्घाटन गर्दै उहाँले मुलुकको गरिबी र अशिक्षालाई देखेर विदेशी षड्यन्त्रबाट नेपाल धर्मनिरपेक्ष राज्य घोषणा गरिएको आरोप लगाउनुभयो ।

राप्रपा नेपालका अध्यक्ष थापाले भन्नुभयो, “विश्वमा हिन्दू राष्ट्र हुने क्षमता हामीसित मात्रै छ, हिन्दू राष्ट्र घोषणा गर्न पाउनु हाम्रो अधिकार हो ।” उहाँले विश्वमा एक अर्ब आठ करोड हिन्दू रहे पनि एउटा पनि राष्ट्र हिन्दू राष्ट्र नभएको जानकारी दिनुभयो ।

उहाँले केही वर्षअघि पूर्वपश्चिम धार्मिक सङ्कल्प यात्राका क्रममा प्रयोग गरिएको गाईको मूर्तिसहितको रथ भम्केनी धामलाई हस्तान्तरण गर्नुभयो ।

थापालाई अभिनन्दन

सो अवसरमा भक्केनी धाम विकास समितिले थापालाई अभिनन्दन गरेको छ । सो अवसरमा जगद्गुरु मोहनशरण देवाचार्यले
थापालाई धार्मिक नेता भएको बताउँदै भम्केनी धामको विकासमा सहयोग गर्न आग्रह गर्नुभयो ।
भट्ट परिवारबाट रु नौ लाख सहयोग

सो रथ स्थापना गर्न भीमदत्तनगर नगरपालिका–१८ निम्बुखेडाका केशव भट्टका पाँच दाजुभाइले रु आठ लाख ८० हजार प्रदान गर्नुभएको छ ।

उहाँहरुले बुबा स्व भवानीप्रसादको सम्झनामा रथ स्थापना गर्न सो रकम दिनुभएको हो । सो अवसरमा भट्ट परिवारलाई समेत सम्मान गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts