Friday, February 26, 2016

असल शिक्षा र नैतिक चरित्रले जीवन सार्थक बन्ने

इटहरी, १४ फागुन । भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले असल एवम् नैतिकवान् मानिसको उत्पादन विद्यालय र घरबाट मात्र सम्भव भएको बताउनुभएको छ ।

मन्त्री सुब्बाले आज सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–८ स्थित ग्रिनपिस एकेडेमी तथा इटहरी नमुना कलेजको १८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्र्दै असल शिक्षा र नैतिक चरित्रले मात्र मानव जीवन सार्थक बन्ने स्पष्ट गर्नुभयो ।

उहाँले इटहरी पूर्वी नेपालको शैक्षिक, व्यापारिक, औद्योगिक, शान्ति सुरक्षा र मानिसको सहनशीलता लगायत गुणले भरिपूर्ण भएका कारणले यसलाई प्रदेश नं १ को राजधानी बनाउन सकिने बताउनुभयो ।

एकेडेमी अध्यक्ष केशव खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा एकेडेमीका प्राचार्य चिरञ्जीवी तिम्सिनाले विद्यालयले शिशु कक्षादेखि एमबीएसम्मका कक्षा सञ्चालन गर्दै आएको र हाल ग्रिनपीस एकेडेमी र इटहरी नमुना कलेजमा गरी एक हजार ७०० विद्यार्थी तथा १०० शिक्षक शिक्षिका कार्यरत रहेको प्रतिवेदन सार्वजनिक गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts