Saturday, February 13, 2016

खिचातानीमा नअल्मलिन पत्रकारलाई थापाको आग्रह

काँकडभिट्टा (झापा), १ फागुन । उपप्रधानमन्त्री तथा परराष्ट्र, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले राजनीतिक खिचातानीमा नअल्मलिन नेपाली सञ्चार जगत्लाई आग्रह गर्नुभएको छ ।

पाँचौँ विश्व रेडियो दिवसका उपलक्ष्यमा आज झापाको बिर्तामोडमा ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)ले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री थापाले त्यस्तो आग्रह गर्नुभएको हो ।

नेपाली सञ्चारमाध्यममा तीव्र पार्टीकरण, व्यापारिक प्रभुत्व र बाह्य शक्तिको दबाब मुख्य चुनौती रहेको चर्चा गर्दै उहाँले कुनै पनि विषयलाई अतिरञ्जित गरेर आत्मरतिमा रमाउने प्रवृत्ति त्याग्न सुझाव दिनुभएको छ ।

रेडियोबिनाको नेपाली घर नरहेको उल्लेख गर्दै उहाँले सूचनाको पहुँच, प्रस्तुति र सङ्ख्याका दृष्टिले नेपाली रेडियो अभियान विश्वकै उत्कृष्ट भएको बताउनुभयो ।

कार्यक्रममा ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष गोपाल झाले नेपाली रेडियो प्रसारकहरुले भोग्नुपरेका विभिन्न समस्याको चर्चा गर्दै ऊर्जा सङ्कट समाधानका लागि विशेष सहयोग पु¥याउन नेपाल सरकारसँग माग गर्नुभयो ।

सो अवसरमा पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङले पनि पत्रकारका समस्याबारे बोल्नुभएको थियो भने लामो समय रेडियो पत्रकारितामा संलग्न पत्रकार चन्द्र भण्डारीलाई सम्मान पनि गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts