Tuesday, February 2, 2016

मोर्चाका कार्यकर्ता पक्राउ

सप्तरी, १८ माघ । नेपाली काँग्रेसको राजविराज नगर अधिवेशनमा अवरोध गर्न खोज्ने १० भन्दा बढी मधेसी मोर्चाका कार्यकर्तालाई आज प्रहरीले राजविराजबाट पक्राउ गरेका छन ।

राजविराजस्थित के.अ. माविमा भइरहेको नेपाली काँग्रेसको राजविराज नगर अधिवेशनमा मोर्चा कार्यकर्ताले अवरोध पु¥याउन गएका सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, विद्यार्थी मंञ्चका केन्द्रीय अध्यक्ष किशोरकुमार यादव, सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव, सचिव उमेश यादव, सदस्य केदार यादव, तपलोपा सप्तरीका कोषाध्यक्ष वीरेन्द्र साह, नेकपा(माओवादी मातृका समूहका जयप्रकाश यादवसहितका दसजनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले बताउनुभयो ।

सोमबार सोही ठाउँमा अधिवेशनलाई बिथोल्न खोज्दा काँग्रेस कार्यकर्ता र मधेसी मोर्चाबीच भएको झडपमा मोर्चाका एक जना कार्यकर्ता घाइते भएको थियो । सो झडपपछि काँगे्रस सप्तरीले नगर अधिवेशन स्थगित गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts