Saturday, February 6, 2016

गोली प्रहारबाट एकको मृत्यु, दुई घाइते

महेन्द्रनगर (धनुषा), २३ । धनुषाको दुई छुट्टाछुट्टै स्थानमा नेपाली काँग्रेसका नेतामाथि गोली प्रहार गरिएको छ ।

अज्ञात समूहले प्रहार गरेको गोली लागि एक नेताको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

धनुषाको बालाबाखर गाविस–४ का नेपाली काँग्रेस धनुषा १ नम्बर क्षेत्रका क्षेत्रीय प्रतिनिधि ४५ वर्षीय राजेन्द्रप्रसाद यादवलाई गएराति अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

बालाबाखर गाविस–४ स्थित काँग्रेसका समानुपातिक सांसद मुक्ता यादवको भतिजीको विवाहमा सहभागी हुन आएका यादवलाई घर फर्कने क्रममा बाटोमै गोली प्रहार गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले बताउनुभएको छ ।

त्यसैगरी आज बिहान धनुषाको चारनाथ नगरपालिका वीरेन्द्रनगर बजारमा स्थानीय काँग्रेस कार्यकर्ता नसिब राइन र वीरेन्द्र चौधरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चढी आएका दुईजनाले नसिब राइन र वीरेन्द्रकुमार चौधरीमाथि गोली प्रहार गरेका थिए । राइनको पिठ्युँमा दुईवटा र चौधरीको खुट्टामा एउटा गोली लागेको छ । जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि राइनलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँै लगिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts