Saturday, February 13, 2016

नयाँ शिक्षा नीति निर्माण गर्न शिक्षा आयोग बन्ने – मन्त्री पोख्रेल

धादिङ, १ फागुन । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले शिक्षा क्षेत्रमा विसङ्गतिको अन्त्य गर्न नयाँ शिक्षा नीति निर्माण गर्न चाँडै नै शिक्षा आयोग बन्न लागेको बताउनुभएको छ ।

मन्त्री पोख्रेलले क्रान्तिकारी पत्रकार सङ्घ धादिङ शाखाको धादिङबेँसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नयाँ संविधानसँग मेल खाने गरी नयाँ ऐन बनाउन र मेल नखाने ऐन खारेज गरिने बताउनुभयो ।

उहाँले मधेस आन्दोलन, नाकाबन्दी तथा भूकम्पले गर्दा देशको आर्थिक अवस्था ज्यादै कमजोर हुन गएकाले देशलाई समृद्धशाली बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेकामा जोड दिनुभयो ।
मन्त्री पोखे्रलले प्रजातान्त्रिक आन्दोलनमा शिक्षकहरुको योगदान महत्वपूर्ण रहे पनि राजनीतिभन्दा विद्यार्थीलाई पढाउने नै आफ्नो पहिलो दायित्व हो भन्ने कुरा शिक्षकले बिर्सन हुँदैन भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts