Saturday, February 13, 2016

सात मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडियो

काठमाडौँ, १ फागुन । राष्ट्रिय प्रसारण लाइनमा सात मेगावाट विद्युत् जोडिएको छ ।

सानिमा माई जलविद्युत् आयोजनाले इलाममा निर्माण गरेको माई क्यासकेड आयोजना हिजोबाट केन्द्रीय प्रयारण लाइनमा जोडिएको हो । सोही निर्माण संस्थाले निर्माण गरेको सानिमा माई जलविद्युत् आयोजना केही समय पहिले नै राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेको छ ।

माई क्यासकेड आयोजना गत दसैँअगावै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि भूकम्प, भारतको अघोषित नाकाबन्दीजस्ता कारणले पछाडि धकेलिएको हो ।

सानिमा माई हाइड्रोका प्रबन्धक अजय कार्कीले विभिन्न अवरोध उत्पन्न भए पनि केन्द्रीय प्रसारण लाइनमा जोड्न सफल भएको बताउनुभयो । केही महिनाअघि सम्पन्न सानिमा माईबाट उत्पादित २२ मेगावाट विद्युत् काबेली करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिइसकेको छ ।

रु एक अर्ब २६ करोड लागतमा निर्माण सम्पन्न भएको सो आयोजनामा गैरआवासीय नेपालीले समेत लगानीमा गरेका छन् ।

कम्पनीका प्रमुख सुवर्णदास श्रेष्ठले मुलुकमा चरम ऊर्जा सङ्कट भइरहेको बेला सात मेगावाट मात्रै भए पनि केन्द्रीय प्रसारण लाइनमा जोड्न सक्नु खुसीको कुरा भएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts