Tuesday, February 16, 2016

राससकर्मी झा पुरस्कृत

इनरुवा, ४ फागुन । डम्बरबहादुर कार्की स्मृति पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समितिका इनरुवा समाचारदाता अजितकुमार झा पुरस्कृत हुनुभएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा आज सम्पन्न नेपाल पत्रकार महासङ्घ सुनसरीको १० औँ साधारणसभाको अवसरमा डिल्ली कार्कीले आफ्ना बुवाको नाममा स्थापना गरेको डम्बरबहादुर कार्की स्मृति पत्रकारिता पुरस्कारबाट झालाई पुरस्कृत गरिएको हो ।

पत्रकार झालाई कार्यक्रममा नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगरले रु १० हजार र प्रमाणपत्रसहित पुरस्कृत गर्नुभयो ।

छ वर्षदेखि नेपाली पत्रकारिता क्षेत्रमा योगदान गरेको भन्दै झालाई पुरस्कृत गरिएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts