काठमाडौँ, ११ फागुन । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सबै माओवाद मान्ने पार्टीहरुबीच एकताको प्रयास भईरहेको जानकारी दिनुभएको छ ।
लेखक रणेन्द्र बरालीद्वारा लिखित ‘हाम्रो संस्कृति र संस्कार’ पुस्तककको आज यहाँ लोकार्पण गर्दै उहाँले सबै माओवाद मान्नेबीच एकता हुनेमा आशावादी मात्रै होईन विश्वस्त रहेको छु भन्नुभयो ।
अध्यक्ष अहिले मुलुकको स्वाधिनता माथि सङ्कट पैदा हुदै गरेको चर्चा गर्दै त्यसलाई चिर्न क्रान्तिकारी र राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
नेकपा(क्रान्तिकारी माओवादी)का नेता देव गुरुङले बरालीको पुस्तकले नेपाली समाजलाई रुपान्तरण गर्न र अन्धविश्वासहरुलाई अन्त्य गर्न बैचारिक खुराक दिने विश्वस व्यक्त गर्नुभयो । एमाओवादी नेता विश्वभक्त दुलाल‘आहुति’ र पत्रकार हरिगोविन्द लुँईटेलले पुस्तकमाथि टिप्पणी गर्दै मानिसको जन्म देखि मृत्यसम्म्का १६ संस्कारको चिरफार गर्ने तथा वैचारिक कोणबाट भन्दा जीवन भोगाईको कोणबाट पुस्तक लेखिएको बताउनुभयो ।
पुस्तकका लेखक बरालीले जीवन जगतको विकासबारे वैज्ञानिक तथ्य र समाजिक यथार्थतालाई आफुले पुस्तक मार्फत उजागर गर्ने कोशीस गरेको बताउनुभयो । रासस
Tuesday, February 23, 2016
माओवाद पार्टीहरुबीच एकताको प्रयास–अध्यक्ष दाहाल
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment