Wednesday, February 17, 2016

माया ठकुरीद्वारा लिखित ‘अफ द लेसर गड’ सार्वजनिक

काठमाडौँ, ५ फागुन । साहित्यकार माया ठकुरीद्वारा अङ्ग्रेजी भाषामा लिखित ‘अफ द लेसर गड’ नामक कथा सङ्ग्रह सार्वजनिक भएको छ ।

सीमान्तकृत महिला बालकालिकालाई गरिने विभेद र असमानतामा आधारित सो कथा सङ्ग्रहलाई आज यहाँ आयोजित एक कार्यक्रममा लेखिका ग्रेटा राणाले विमोचन गर्नुभयो ।

बीसवटा कथा समावेश गरिएको सो सङ्ग्रहलाई अक्षर क्रियसनले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहलाई ग्रेटा राणाले सम्पादन गर्नुभएको हो । त्यसैगरी दामोदर शर्माले अनुवाद गर्नुभएको हो ।

सोही अवसरमा प्रा डा अमिना सिंह र अनलाइन पुस्तक छलफल समूहकी प्रतिनिधि सगुन शाहले ‘अफ द लेसर गड’ माथि टिप्पणी गर्दै पुस्तक सङ्ग्रह गर्न योग्य र जीवन्त हुने बताउनुभयो । लेखिका ठकुरीका यसअघि नौवटा कृति प्रकाशित भएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts