काठमाडौँ, २३ माघ । अभिनव साहित्य समाजको २६८औँ साहित्यिक शृङ्खलाअन्तर्गत आज सहिदको स्मृतिमा ‘शिशिर कवि गोष्ठी’ आयोजना गरियो ।
समाजको साहित्यिक हल जोरपाटीमा आज आयोजना गरिएको कार्यक्रममा साहित्यकार द्वारिका चौलागाईं ‘ब्रह्मप्रिय प्रेमस्वरुप’ को कविता संग्रह ‘हृदय बाँसुरी’ को समेत विमोचन गरिएको थियो । गोष्ठीमा रमेश खकुरेल, भाग्यशाली अधिकारी, डा शेषराज आचार्य, शीतल गिरी, जगदीश पोखरेल, श्रीधर पौडेललगायतले सहिदको योगदानको कदर हुन नसकेको भावका कविता वाचन गर्नुभएको थियो ।
समाजका उपाध्यक्ष प्रकाशमणि दाहालको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष वेदमणि घिमिरेले वाचन गरिएका कविताका विषयमा समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वाचन गरिएका बाल प्रतिभाका कविमध्ये हरि खनाल, कृति पौडेल, सङ्गीता घिमिरे, राजन ढकाल र जनार्दन अधिकारीलाई पुरस्कृत गरिएको थियो । रासस
No comments:
Post a Comment