Thursday, February 18, 2016

मन्त्रिपरिषद् बैठकबाट ऊर्जा सङ्कट कार्ययोजना स्वीकृत

काठमाडौँ, ६ फागुन । मन्त्रिपरिषद्को बैठकले आगामी दुई वर्षभित्र ऊर्जा सङ्कटकाल अन्त्य गर्ने एक कार्ययोजनालाई स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक घोषणा गर्दै एक वर्षभित्र आधारभूत रुपमा र दुई वर्षभित्र पूर्णरुपमा मुलुकलाई विद्युत् कटौती मुक्त बनाउने गरी निश्चित कार्ययोजना सार्वजनिक गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

बैठकले २१ उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । भारत भ्रमणको कार्यसूचीलगायतका विषयमा छलफल गर्न आजै साँझ मन्त्रिपरिषद्को बैठक बस्नेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts