पाल्पा, ११ फागुन । पाल्पाका चौध सरकारी कार्यालय लेखापालविहीन बनेपछि अन्यत्र कार्यालयका लेखापाललाई बोलाएर तलब दिनुपर्ने अवस्था सिर्जना भएको छ ।
जिल्ला बाहिर सरुवा भएर जानु र लोकसेवा पास गरेका लेखापाल जिल्लामा नआउँदा जिल्लाका सरकारी कार्यालय लेखापालविहीन बनेको हो ।
लेखापालविहीन हुने कार्यालयमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य, आयुर्वेदिक, यातायात कार्यालय, सुन्तला जात, रामपुर नगरपालिका, रामपुरको नापी, मालपोत, विशेष नापीलगायतका कार्यालयमा अन्य सरकारी कार्यालयका लेखापालले हिसाब राख्न सहयोग गर्दै आएका छन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख शिवप्रसाद पन्थीका अनुसार सरुवा भई गएका लेखापालका सटटामा लोकसेवा आयोगले लेखापाल पठाएपछि मात्र लेखापालको अभाव हट्नेछ ।
जिल्लामा सहलेखापालको दरबन्दी नहुँदा लेखापालको अभावमा कार्यालयका आर्थिक कारोबार रोकिने गरेको छ ।
एकजना लेखापालले दुईदेखि चारवटा कार्यालयमा लेखाको अभिलेख राख्नुपर्ने बाध्यता रहेको छ । लेखापाल कार्यालयमा नहुँदा कर्मचारीले समयमा तलब नपाएको गुनासो बढ्न थालेको छ ।
नियम र मापदण्डभित्र रहँदा सहकारीको महत्व बढ्छ
No comments:
Post a Comment