Wednesday, February 24, 2016

शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

दोलखा, १२ फागुन । भीमेश्वर –६ स्थित बुढाभीमसेन मावि धरमघरका एक शिक्षकको कुटाइबाट परीक्षा दिँदै गरेका विद्यार्थी घाइते भएका छन् ।

शिक्षक देवेन्द्र खड्काको कुटाइबाट कक्षा १० का सुमन विक घाइते भएका हुन् । विद्यार्थी विकले जनसङ्ख्या तथा वातावरण शिक्षा विषयमा चिट चोरेको भन्दै शिक्षकले कुटपिट गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार विकको गाला सुनिएको छ । घाइते विकलार्ई उपचारका लागि चरीकोटस्थित च्छोरोल्पा अस्पतालमा राखिएको छ ।

शिक्षक खड्का भने मोबाइलबाट सम्पर्क गर्दा सम्पर्कमा आएनन् । विद्यार्थीले शिक्षक खड्काको क्रियाकलापका विषयमा पटक पटक विद्यालय प्रशासनलाई जानकारी गराउँदा पनि नसुनेको बताउँछन् । रासस
––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts