सुरुङ्गा (झापा), १२ फागुन । भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले सुकुम्बासी समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।
बिर्तामोडमा आज आयोजित कार्यक्रममा मन्त्री सुब्बाले नेपालमा सुकुम्बासी समस्या पुरानो र जटिल भएकाले समाधानमा पनि समय लाग्ने बताउनुभयो । उहाँले सुकुम्बासी समस्या समाधानका प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि ठोस काम थालिने जानकारी दिनुभयोे । रासस
No comments:
Post a Comment