कञ्चनपुर, १४ फागुन । उपप्रधानमन्त्री भीमबहादुर रावलले स्थानीय निकायको निर्वाचनका लागि सरकाले आन्तरिक तयारी गरिरहेको बताउनुभएको छ ।
जिविस कञ्चनपुरको नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सबै राजनीतिक दलका कार्यकर्ता र कर्मचारीलाई आजैदेखि स्थानीय निकायको निर्वाचनका कार्यमा जुट्न आग्र्रह गर्नुभयो ।
सीमाङ्कनका विषयमा मतभेद भए टेबुलमा बसेर छलफल गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्रीको भारत भ्रमणले मूलभूत कुरामा शङ्का हटेको उहाँले बताउनुभयो । “छिमेकीले संविधानको स्वागत गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “असल छिमेकीले पर बसेर सल्लाह दिनु उचित हुन्छ” रक्षामन्त्री रावलले भन्नुभयो ।
दुई तिहाइभन्दा बढीको भावनाको प्रतिनिधित्व गर्ने संविधानले सबै जातजाति, दलित, महिलालगायतको अधिकार सुनिश्चित गरेको बताउँदै उहाँले नब्बे प्रतिशत जनताको समर्थन रहेको संविधान मान्दैनाँै भन्नु गलत भएको धारणा व्यक्त गर्नुभयो । विकास विरोधी तत्वले थारु र अन्य समुदाय मिलेर बसेको ठाउँलाई टुक्र्याई विकास विरोधी कार्य गरिहेको आरोप पनि उहाँले लगाउनुभयो । रासस
No comments:
Post a Comment