Monday, February 8, 2016

कोइरालाको नेतृत्वमा भएको उपलब्धिलाई कार्यान्वयन गनुपर्र्छ : पूर्वराष्ट्रपति

काठमाडौँ, २६ माघ । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सङ्घीय गणतन्त्र नेपालको संविधान जारी हुनु ठूलो उपलब्धि भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालय पुगेर स्व कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री कोइरालाको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी गरेर प्राप्त उपलब्धिलाई काँग्रेसले कार्यान्वयन गरेर अगाडि बढ्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “प्राप्त उपलब्धिलाई कार्यान्वयन गरेर अगाडि बढ्दा नै मुलुकले शान्ति र स्थायित्व प्राप्त गर्नाका साथै राजनीतिक निकास समेत पाउनेछ ।”

यसैबीच पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि काँग्रेस कार्यालय सानेपा पुगेर कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts