Tuesday, February 9, 2016

राष्ट्रिय सम्मेलन स्थगन

काठमाडौँ, २६ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले बुधबारदेखि काठमाडौँमा गर्न लागेको २२औँ राष्ट्रिय सम्मेलन स्थगन गरेको छ ।

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधनका कारण उक्त सम्मेलन बिहीबार गर्न लागिएको हो ।

युनियनका प्रवक्ता आरसी लामिछानेले यही माघ २७ गतेदेखि २९ गतेसम्म गर्न लागिएको सो सम्मेलन राजनेता एवम् पूर्व प्रधानमन्त्री कोइरालाको सम्मानमा स्थगित गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यही माघ २८ गतेदेखि आउँदो फागुन १ गतेसम्म सम्मेलन जारी रहने छ ।

सम्मेलनमा ‘परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास, राष्ट्रनिर्माणको आधार ः सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ भन्ने मूल नारा रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts