Wednesday, February 24, 2016

जाडो गयो तर आएन न्यानो कपडाको रकम

मेलम्ची, १३ फागुन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा जाडोका लागि वितरण गरिएको रु १० हजार राहत रकम भूकम्पपीडितले फागुन लाग्दासमेत पाउन सकेका छैनन् ।

नगरपालिकाको १ देखि १५ नं वडासम्ममा जम्मा १७ हजार ४०८ घरधुरी छन् जसमा दुई हजार ७८ घरधुरीले अझै राहत रकम पाएका छैनन् ।

नगरपालिकाभित्रकै वडा नं १० र ११ मा अझै रकम वितरण सुरु गर्ने छाँटकाँट देखिँदैन । यी दुई वडामा न्यानो कपडा खरिदका लागि भनेर अहिलेसम्म कुनै रकम वितरण भएको छैन ।

सरकारले गर्मी मौसम सुरु भइसक्दा पनि रकम वितरण नगरेकोमा भूकम्पपीडित मर्कामा परेको मेलम्ची नगर विकास समितिका सदस्य प्रकाश दाहाल बताउनुहुन्छ ।

नगरपालिकाका १५ वटा वडामा आठ हजार ६३१ घरधुरीलाई विभिन्न सङ्घसंस्था र नेपाल सरकारबाट गरी जम्मा रु १२ करोड ९६ लाख ६० हजार वितरण गरिएको मेलम्ची नपाका प्रशासन प्रमुख कृष्ण ज्ञवालीले जानकारी दिनुभयो ।

नगरपालिकाभित्रका वडा नं १२ र १३ बाहेक अन्य बाँकी रहेका १३ वटा वडाका दुई हजार ७८ घरधुरीले राहत रकम नपाएको गुनासो गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts