Saturday, February 20, 2016

भारतीय राष्ट्रपतिसँग प्रम ओलीको भेट

नयाँदिल्ली, ८ फागुन । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो ।

भ्रमण दलमा सहभागी मन्त्रीगणसहितको सो भेटमा राष्ट्रपति मुखर्जीले आफ्नो मुलुकमा भ्रमण गरेको र आफ्नो निवासमा आतिथ्यता ग्रहण गरेकामा स्वागत गर्दै आभार प्रकट गर्नुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले उहाँको न्यानो आतिथ्यताका लागि धन्यवाद दिँदै उहाँलाई नेपाल भ्रमणको निम्तो दिनुभयो । भेटमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, उपप्रधानममन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा नेपालका लागि भारतीय राजदूत रणजित रायलगायत हुुनुहुन्थ्यो ।

यसैगरी, प्रधानमन्त्री ओलीले आजै उपराष्ट्रपति हमिद अन्सारीसँग ६ मौलाना आजाद सडकस्थित उहाँको निवासमा शिष्टाचार भेट गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts