Monday, February 8, 2016

कोइरालाको पार्थिव शरीरलाई सानेपा लगिँदै

काठमाडौँ, २६ माघ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको पार्थिव शरीरलाई उहाँको निवास महाराजगन्जबाट पार्टी केन्द्रीय कार्यालय बिपी नगर सानेपा लगिँदैछ ।

कोइरालाको पार्थिव शरीरलाई नेपाल प्रहरीको बा१ग २२०९ नं को ट्रकमा राखेर सानेपा लैजान लागिएको हो । महाराजगन्ज–लाजिम्पाट–केशरमहल–भद्रकाली–त्रिपुरेश्वर–टेकु–बल्खु हुँदै सानेपा पु¥याउने मार्ग तय भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथका प्रवक्ता लोकेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts