नयाँ दिल्ली, ९ फागुन । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीबीच आज राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा उहाँहरुबीच दुई देशको हित र आपसी सम्बन्धका विषयमा कुराकानी भएको थियो ।
त्यसअघि प्रधानमन्त्री ओली आज उत्तराखण्डस्थित तेहरी उच्च बाँधको अवलोकन गरेर फर्कनुभएको थियो । प्रधानमन्त्री ओलीले सो बाँधको अवलोकनबाट विकासको नमुनाका सन्दर्भमा केही पाठ मिलेको बताउनुभयो । रासस
No comments:
Post a Comment