काठमाडौँ, ९ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको एकहजार ५१९ मतमा एक हजार २९७ मतगणना भएको छ ।
गत बिहीबार सम्पन्न केन्द्रीय पदाधिकारीको निर्वाचनको पछिल्लो गणनाअनुसार अध्यक्षका उम्मेदवार नवीना लामाले ७३२ र दीपक गौतमले ५६३ मत प्राप्त गर्नु भएको छ ।
लामा समूहका उपाध्यक्षमा रश्मी आचार्य ६३६, सुनिता बराल ६२२ महेश बर्तौला ६८३ र शैलेश लामा ५७७ छन् । गौतम समूहका उपाध्यक्षमा जीवन राई ५४२, राधिका खतिवडा, ५९५, नीलकण्ठ आचार्य ४७३, र सरोज यादवलाई ५३२ मत प्राप्त भएको छ ।
त्यसैगरी महासचिवमा लामा समूहबाट ऐन महरको ७१९ तथा गौतम समूहबाट अब्दुल हुसेन खाँको ५६७ मत प्राप्त भएको छ । अब विभिन्न विश्वविद्यालय, केन्द्रीय सम्पर्क कमिटी, अञ्चल सम्पर्क कमिटी, सिटिइभिटीलगायत केन्द्रका मतगणना गर्न बाँकी रहेको उपाध्यक्षका उम्मेद्वार महेशले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार बिहानसम्म मतगणना सम्पन्न हुने छ ।
बाइसौँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना नेकपा (एमाले) पार्टी कार्यालय धुम्रवाराहीमा शुक्रबारदेखि हुँदै आएको छ । रासस
No comments:
Post a Comment