Saturday, March 5, 2016

विज्ञानप्रविधिको विकासका लागि प्रत्येक जिल्लामा शाखा– मन्त्री थापा

काठमाडौँ, २२ फागुन । विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले मुलुकमा उपयुक्त नीति र योजनाको अभावमा विज्ञान र प्रविधिको क्षेत्रमा विकास हुन नसक्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित कवि भीमसेन सापकोटाको कविता सङ्ग्रह ‘प्रश्नमा ईश्वर’ को विमोचनमा मन्त्री थापाले विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्न राज्यको स्पष्ट नीति चाहिने र त्यस क्षेत्रमा काम गर्न प्रत्येक जिल्लामा एउटा शाखा स्थापना गर्नुपर्ने बताउनुभयो ।

मन्त्री थापाले सूचना र प्रविधिको क्षेत्रमा द्रुततर परिवर्तन भएको भएपनि त्यसलाई देश विकासमा प्रयोग गर्न नसकिएको बताउँदै सरकार सबै क्षेत्रमा सक्षम नभएकै कारण युवा जनशतिmलाई सही सदुपयोग गर्न नसकिएको र युवाशक्ति विदेशिन बाध्य भएको बताउनुभयो ।

साहित्यकार सापकोटाको कृति ‘प्रश्नमा ईश्वर’ आज अस्ट्रेलिया र नेपालमा एकैसाथ विमोचन गरिएको हो । उक्त कृतिमा ३६ वटा कविता सङ्ग्रहित गरिएको छ । कृतिमा डायस्पोरिक, मायाप्रेम र मानवता झल्किएकोे छ । कृतिमा विदेशिनुको पीडा, डायस्पोरिक चेतना र मानवतालाई उत्कृष्ट ढङ्गले बिम्बित गरिएको छ ।

प्राध्यापक राजेन्द्र सुवेदीले उक्त कृतिमाथि टिप्पणी गर्दै कृतिमा आधुनिक र उत्तरआधुनिक चेतनाका विभिन्न आयाम समेटिएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts