इटहरी, २४ फागुन । सुनसरी जिल्लाको बकलौरी– १ मा स्थापना गरिएको गोविन्द आयल ट्रेडर्सको भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले आज उद्घाटन गर्नुभएको छ ।
पाँच कठा दुई धुरको क्षेत्रमा डेढ करोड रुपियाँको लगानीमा सो ट्रेडर्सको निर्माण गरिएको हो । यो समेत अब सुनसरी जिल्लामा ३३ वटा तथा कोसी अञ्चलमा सयवटा पेट्रोल पम्पको सङ्ख्या पुगेको छ ।
सो अवसरमा मन्त्री सुब्बाले अहिले नेपालले भूकम्प नाकाबन्दी र इन्धन आपूर्तिमा देखिएको असहज परिस्थितिले गर्दा नेपाल सरकार ज्यादै कठीन मोडामा उभिन बाध्य भइरहेको उल्लेख गर्नुहुँदै उहाँले यो परिस्थितिबाट नेपाली जनतालाई आपूर्ति सहज तुल्याउने विषयमा सरकारले गम्भीर बन्नुपर्ने बेला आएको बताउनुभयो ।
उहाँले इन्धन आपूर्तिमा केही सहजता देखिन थालेको भए पनि अझै पुरानो अवस्थामा पुग्न समय लाग्ने पनि स्पष्ट पार्नु भएको छ ।
नन्दबहादुर बस्नेतको अध्यक्षतामा भएको ट्रेडर्स उद्घाटन समारोहमा नेपाल आयल निगम पूर्वाञ्चलका उपप्रबन्धक बासु भण्डारीले अहिले पूर्वी नेपालमा दैनिक पाँचलाख र पेट्रोल डेढ लाख लिटर आयात भइरहेको र मागको ६० प्रतिसतमात्र आपूर्ति भइरहेको जानकारी दिनुभएको छ ।
सो अवसरमा पेट्रोलियम ढुवानी व्यवसायी सङ्घ कोसीका अध्यक्ष मुकुन्द न्यौपाने, पम्प सञ्चालक दुर्गाबहादुर बस्नेत गुणराज निरौलालगायतले बोल्नुभएको थियो । रासस
No comments:
Post a Comment