रत्ननगर (चितवन), २४ फागुन । चितवनको रत्ननगरमा चेपाङ बालबालिकाका लागि बन्न लागेको दुई भवनको आज एक कार्यक्रममा शिलान्यास गरिएको छ । करिब रु २७ लाखको लागतमा बन्न लागेको भवनको आज शिलान्यास भएको हो ।
लायन्स क्बल अफ चितवन सौराहाको संयोजनामा भएको कार्यक्रममा उक्त दुईवटा भवनको शिलान्यास भएको हो । गामवेशी चेपाङ संरक्षण केन्द्रका सल्लाहकार डा ढुण्डिराज पौडेलको संयोजनमा रु २५ लाखको लागतमा निर्माण हुन लागेको सुविधायुक्त हलको आज शिलान्यास भएको हो ।
यस्तै आजै उहाँले चेपाङ बालबालिकाको लागि बहिनी र आफ्नो तर्फबाट रु ७१ हजारसमेत चेपाङ संरक्षण केन्द्रमा सहयोग प्रदान गर्नुभएको छ ।
यस्तै अष्ट्रेलियामा बस्दै आउनुभएकी चितवन माडीकी माया लामा मुलरले आफ्ना सहयोगी र साथीभाइबाट सङ्कलन गरेको करिब रु दुई लाख रकमले यहाँ भान्छाकोठा निर्माण गर्न थालिएको छ ।
सो क्रममा माया लामाले विदेशमा मःमः र समोसा बेचेर रकम सङ्कलन गरी सहयोग गरेको भन्दै यसअघि पनि विभिन्न क्षेत्रका भूकम्पपीडित एवम् चेपाङ बालबालिकालाई सहयोग गरेको बताउनुभयो ।
लायन्स क्लब अफ चितवन सौराहाका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा भएको भवन शिलान्यास कार्यक्रम लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ वी २ का प्रथम भाइस गभर्नर धनश्याम भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
गामवेशी चेपाङ संरक्षण केन्द्का अध्यक्ष केही किरण शर्माले यसरी गरी सहयोगका भरमा यहाँ अहिले १४० चेपाङ बालबालिकाले आवासीय सुविधासहित पढिरहेको बताउनुभयो । रासस
No comments:
Post a Comment