श्रीलंकालाई हराउँदै इङ्ल्याण्ड विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको नयाँ दिल्लीमा गएराति भएको खेलमा इङ्ल्याण्डले श्रीलंकालाई १० रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको इङ्ल्याण्डले जोस बट्लरको अविजित ६६ रनको मद्दतले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनायो । हारसँगै साविक विजेता श्रीलंका सुपर टेनबाटै घर फर्किने निश्चित भएको छ । इंग्लण्ड भने प्रतियोगिताको सेमीफाईनल पुग्ने तेस्रो टीम बनेको छ । यसैगरी समूह दुईबाट हिजो देश भएको खेलमा न्युजिल्याण्ड विजेताको रुपमा सेमीफाईनलमा पुगीसकेको छ । सेमीफाईनल पुग्ने अन्तिम टोलीको टुंगो आज लाग्दैछ । आज आयोजक भारत र अष्ट्रेलियाबीच खेल हुँदैछ । आजको खेलको विजेताले सेमीफाईनलमा ठाउँ बनाउनेछ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment