Sunday, March 27, 2016

डडेल्धुरामा भाईरल ज्वरोको प्रकोप, करिब ५० जना बिरामी

डडेल्धुराको बेलापुर गाविसमा बिगत एक हप्ता देखि भाईरल ज्वरोको प्रकोप देखिएको छ । बेलापुर गाविसका वडा नं. ७, ८ र ९ का करिब ५० जना बालबालिकामा टाउको दुख्ने वाकवाकी लाग्ने, काँपेर ज्वरो आउने जस्ता लक्षण देखा परेको स्थानिय कृष्ण बिकले बताउनु भएको छ । नजिक रहेको गाँउघर क्लिनिकमा दैनिक ३०÷४० जना बिरामी पुग्ने गरेको गाँउघर क्लिनिकले जनाएको छ । क्लिनिकमा सिटामोल मात्रै भएकाले सिटामोलले काम नगरेको समेत बताइएको छ । स्वास्थ्य चौकी टाढा भएकाले एकै परिवारका अन्य ब्यक्तिहरुमा पनि भाइरल ज्वरोको प्रकोप फैलिने भन्दै स्थानियहरु चिन्तित भएका छन ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts