काठमाडौँ, ८ चैत । अपहरण मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक ठूलोधादिङ गाविस–४ का कर्णबहादुर लामालाई केन्द्रीय अनुसन्धान ब्युरोले आज नारायणटारबाट पक्राउ गरेको छ ।
अपहरण मुद्दामा पुनरावेदन अदालत पाटनले २०७० वैशाख ३१ गते नौ वर्ष कैद र ५० हजार जरिवाना हुने ठहरेको र उक्त कैद तथा जरिवाना बेरुजु रही फरार रहेका लामालाई पक्राउ गरी काठमाडाँैं जिल्ला अदालतमा पेस गरेको ब्युरोले जनाएको छ । अदालतले लामालाई आजै कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाएको छ । रासस
No comments:
Post a Comment