Monday, March 21, 2016

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

बेइजिङ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा चीनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्नुभयो ।

सो अवसरमा उहाँहरुबीच सौहार्दपूर्ण रुपमा आपसी हित र सहयोगका विषयमा वार्ता भएको थियो । भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउने सम्बन्धमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts