Friday, March 11, 2016

राष्ट्रिय कविता महोत्सव चैत १४ गते

काठमाडौँ, २८ फागुन । नेपाल प्रज्ञा प्रतिष्ठानले आउँदो चैत १४ गते राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ ।

पटक पटक विभिन्न कारणले स्थगित हुन पुगेको सो महोत्सव यस पटक निर्धारित समयमा गर्न लागिएको हो ।

प्रतिष्ठानका प्रज्ञा सभा सदस्य शशि लुमुम्बुले उक्त महोत्सवका लागि प्रतिस्पर्धामा ३१ कवि छनोट गरिएको र त्यसमध्ये पाँचजना उत्कृष्ट छानिने जानकारी दिनुभयो ।

प्रतिष्ठानको स्थापना दिवसका अवसरमा असार ९ गते गर्नुपर्ने उक्त महोत्सव भूकम्पका कारण स्थगित भई असोजमा गर्ने भनिएकोमा नाकाबन्दीका कारण पुनः स्थगित भएको थियो ।

प्रतिष्ठानले महोत्सव माघ २७ मा गर्ने भनी पुनः मिति तय गरेको भएपनि पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण यही फागुन ४ गते सारिएकोमा अनेरास्ववियुको निर्वाचनका कारण पुनः स्थगित गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts