Monday, March 21, 2016

बाह्रौँ सागका स्वर्ण विजेता सम्मानित

भक्तपुर, ८ चैत । बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप र १२ औँ साग फुटबलमा स्वर्ण विजेता खेलाडी, प्रशिक्षक तथा ‘फिजियो’लाई जनही रु १० हजारसहित सम्मानपत्रद्वारा आज सम्मान गरिएको छ ।

निस्ट फाउन्डेसनले आज मध्यपुरथिमिको लोकन्थलीमा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति डा रामवरण यादवले उहाँहरुलाई सम्मान गर्दै देशको आर्थिक अवस्था जर्जर भएका बेला फुटबल खेलाडीले विश्वसामु नेपालको शिर उच्च बनाएको बताउनुभयो ।

“राष्ट्रका लागि खेलाडीले योगदान दिइरहेका छन्, सामान्य खेल सामग्री पनि उनीहरुसँग हुँदैन, खेलाडीले आफ्नो परिवारको व्यवस्थापन गर्न सक्ने अवस्था छैन, यस्तो चुनौतीमा खेल खेलेर पनि खेलाडीले देशको नाम राख्न सफल भएका छन्”,उहाँले भन्नुभयो ।

फूटबलले अन्य क्षेत्रमा पनि सामूहिक भावना बोकेर अगाडि बढ्नुपर्ने सन्देश दिएको बताउँदै उहाँले नेपाली क्रिक्रेट खेलाडीले समेत राम्रो प्रदर्शन गरेकामा सराहना गर्नुभयो ।

फाउन्डेसनका अध्यक्ष डा माधवप्रसाद बराल, अखिल नेपाल फुटबल सङ्घका कावा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले फाउन्डेसन शिक्षा लगायत सामाजिक कार्यमा पनि सक्रिय रहेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts