Monday, March 21, 2016

सडक दुर्घटनामा शिक्षकको मृत्यु

विराटनगर, ८ चैत । यात्रुुवाहक बसको ठक्करबाट विराटनगरस्थित अरनिको कलेजका ३० वर्षीय शिक्षक प्रतीक दाहालको आज साँँझ मृत्यु भएको छ ।

जोगवनीबाट विराटनगरतर्फ आइरहेको को१ख २४ नंको मिनी बसले विपरीत दिशातर्फ गइरहेको दाहाल चढेको को१८प ४१०७ नंको मोटरसाइकललाई विराटनगर–२१ स्थित मलायारोडमा ठक्कर दिँदा गम्भीर घाइते भएकामा न्युरो अस्पतालमा भर्ना गरिए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts