पथरी (मोरङ), ९ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश आचार्यले नयाँ संविधान कार्यान्वयनका लागि सबै दल एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।
काँग्रेस विराटनगर वडा न २ ले आज यहाँ आयोजना गरेको होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता आचार्यले नयाँ संविधान कार्यान्वयन गराउन सबैलाई आग्रह गर्नुभयो ।
आचार्यले सबैखाले द्वन्द्व समाधानका लागि काँग्रेसले अग्रसरता लिनुपर्ने बताउनुभयो । उहाँले अर्काे एक फरक प्रसङ्गमा इन्धन आपूर्ति अझै प्रभावकारी नभएको भन्दै महँगी र कालोबजारीले जनता समस्यामा परेको बताउनुभयो । रासस
No comments:
Post a Comment