काठमाडौँ, ९ चैत । सर्वसाधारणले जस्तै कलाकारले पनि आज फागुपूर्णिमा अर्थात् रङको पर्व होली धुमधामसँग मनाएका छन् ।
नेपाली रजतपटकी सदावहार नायिका करिष्मा मानन्धरले आफ्नै निवास गोदावरीमा आयोजना गरेको होली कार्यक्रममा चलचित्र क्षेत्रसँगै राजनीतिक र विभिन्न क्षेत्रका व्यक्ति तथा सर्वसाधारणको उपस्थिति थियो । नयाँ शक्ति, नेपालका संयोजक डा बाबुराम भट्टराईको उपस्थितिले थप रौनकता थप्यो । पूर्वप्रधानमन्त्री भट्टराईले पूर्णरुपमा खुलेर होली नखेले पनि टीका लगाएर पर्व मनाउनुभएको थियो ।
भट्टराईको नयाँ शक्तिमा रहेकी नायिका मानन्धरको होली कार्यक्रममा साथ दिन उहाँ उपस्थित हुनुभएको थियो । नयाँ शक्तिमा लागेका कलाकार सरोज खनाल पनि करिष्माको निवास पुग्नुभएको थियो ।
अपराह्न १२ः३० बाट सुरु भएर दिउँसो करिब ४ः३० बजेसम्म चलेको होलीमा साथ दिन कलाकारहरू रमेश उप्रेती, शिल्पा पोखरेल, भुवन चन्द, किरण केसी, रङ पत्रकारलयागतको उपस्थिति थियो ।
त्यस्तै, नायिका रेखा थापा र निर्माता÷निर्देशक आकाश अधिकारीले पनि संयुक्त रुपमा होली पर्वको आयोजना थिए । दिउँसो १ बजेबाट महाराजगञ्जस्थित रेड स्टुडियोमा होली आयोजना गरिएको थियो । रासस
Tuesday, March 22, 2016
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment