Wednesday, March 2, 2016

गोमा एअरको विमान दुर्घटनाबाट जोगियो

काठमाडौँ, १९ फागुन । काठमाडौँबाट लुक्लाका लागि उडेको गोमा एअरको कल साइन ९ एन–एकेजेड विमानमा चरा ठोकिए पनि दुर्घटना हुनबाट जोगिएको छ ।

आज बिहान ८ः४६ मिनेटमा लुक्लाका लागि उडेकोे विमानमा चरा ठोकिएको र तत्काल विमान आकस्मिकरुपमा अवतरण गरेपछि दुर्घटना हुनबाट जोगिएको नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खोज तथा उद्धार समन्वय केन्द्रका महाप्रबन्धक देवानन्द उपाध्यायले जानकारी दिनुभयो ।

“विमान उड्ने बित्तिकै चरा पखेटामा ठोकियो, ठोकिने बित्तिकै विमान आकस्मिक रुपमा अवरतण गरियो, त्यसले गर्दा चालक र यात्रु सबै जोगिन सफल भए”–महाप्रबन्धक उपाध्यायले भन्नुभयो ।

विमानमा चालक दलसहित नौजना यात्रु रहेका थिए । ती सबै सकुशल रहेका छन् । विमानको पखेटामा क्षति भएकाले त्यसको मर्मतका लागि केही दिन लाग्नेसमेत उहाँले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts