Tuesday, March 1, 2016

राससकर्मी पत्रकार गौतम पुरस्कृत

म्याग्दी, १८ फागुन । म्याग्दीमा विगत एक दशकदेखि क्रियाशील पत्रकार एवम राससकर्मी सन्तोष गौतम उत्कृष्ट पत्रकारको रुपमा पुरस्कृत हुनुभएको छ ।

जिल्ला विकास समिति म्याग्दीले स्थापना गरेको विकास पत्रकारिता अक्षयकोषमार्फत २४ औँ जिल्ला परिषद्को अवसरमा उत्कृष्ट पत्रकारका रुपमा गौतमलाई आज पुरस्कृत गरिएको हो ।

कार्यक्रममा सांसद नवराज शर्मा र स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले पत्रकार गौतमलाई नगद रु १० हजारसहित दोसल्ला र सम्मानपत्रबाट पुरस्कृत गर्नुभएको थियो ।

जिल्ला विकास समितिले जिल्लामा पत्रकारिताको माध्ययमबाट विकास निर्माणमा उल्लेख्य योगदान पु¥याउने पत्रकारलाई पुरस्कृत गर्नको लागि रु दुई लाख राशिको विकास पत्रकारिता अक्षयकोष स्थापना गरेको थियो ।

उक्त अक्षयकोषबाट पहिलोपटक यो वर्ष पुरस्कार वितरण गरिएको हो ।

क्रान्तिकारी पत्रकार सङ्घ म्याग्दीका निवर्तमान अध्यक्षसमेत रहनुभएका पत्रकार गौतम राष्ट्रिय समाचार समितिको बाबियाचौर (म्याग्दी) प्रतिनिधि हुनुहुन्छ ।
रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts