Wednesday, March 9, 2016

नयाँ कार्य समितिको अध्यक्षमा सेढाईँ

काठमाडौँ, २६ फागुन । नेपाल अपाङ्ग मानवअधिकार केन्द्र (डिएचआरसी) को १५औँ साधरणसभाले तारावदन सेढाईँँको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

केन्द्रको उपाध्यक्षमा प्रकाश पन्थ, महासचिव जगदीप्रसाद अधिकारी, सचिव जानकी श्रेष्ठ, कोषाध्यक्ष अम्बिका खड्का हुनुहुन्छ ।

त्यसैगरी सदस्यमा सुशीला ढकाल र दामोदर रेग्मी निर्वाचित हुनुभएको छ । नेपाल राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले मङ्गलबार उद्घाटन गर्नुभएको साधरणसभामा अब बन्ने संरचना अपाङ्गमैत्री बनाउनपर्नेमा सहभागीले जोड दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष सेढाईँले अपाङ्गता भएकालाई समाजमा हिँडडुल गर्न कठिन रहेको बताउँदै उनीहरुको संवेदनशीलता र अधिकारको संरक्षणका लागि प्रतिवद्धता व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts