गाईघाट(उदयपुर), २६ फागुन । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा नेपाल सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले अहिलेको अवस्थामा वर्तमान सरकार परिवर्तन नहुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल उदयपुरले आज उदयपुरको सदरमकाम गाईघाटस्थित पत्रकार महासङ्घ गाईघाटकोमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले, “अहिले सरकार परिवर्तन हुने वा ढल्ने भन्ने हल्ला व्यापक चल्न थालेको छ, यसमा कुनै सत्यता छैन,वर्तमा सरकार कुनै पनि हालतमा परिवर्तन हुँदैन ।”
मन्त्री पाण्डेले यो सरकारले राम्रो कार्य सुरु गरेका कारण र बहुमतको सरकार भएकाले कसैको दबाबमा सरकार परिवर्तन नहुने उल्लेख गर्नुभयो ।
मन्त्री पाण्डेले उदयपुर सिमेन्ट उद्योग सुधार गर्नको लागि उद्योग मन्त्रालयले तत्काल पहल सुरु गर्ने बताउँदै मुलुककै ठूलो उद्योगको उत्पादन क्षमतामा वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले वर्तमान सरकारले उद्योगको विकास गर्न देशका सातवटा प्रदेशमा नै औद्योगिक केन्द्र स्थापना गर्न लागेको जानकारी दिनुभयो ।
अब निर्माण हुन लागेको बजेटमा तत्कालै सरकारले औद्योगिक केन्द्र विस्तार गर्ने नीतिसहितको कार्यक्रम लागू गर्न लागेको कुरा पनि मन्त्री पाण्डेले जानकारी दिनुभयो ।रासस
No comments:
Post a Comment