Sunday, March 27, 2016

चट्याङ लागेर एकजनाको मृत्यु

धनकुटा, १५ चैत । वर्षासँगै परेको चट्याङ लागेर धनकुटाको छिन्ताङमा गएराति एकजनाको मृत्यु भएको छ ।

चट्याङ लागेर छिन्ताङ–६ पातालडाँडाका ५४ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बारीमा बाँधेका गाईबस्तु पानी परेपछि गोठमा सार्न गएका थापालाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । चट्याङका कारण बेहोस भएका थापाका छोरा दयाराम थापाको पाँच घन्टापछि होस खुलेको छ ।

चट्याङका कारण छिमेकीका चारवटा बाख्रासमेत मरेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts