Sunday, March 27, 2016

वरिष्ठ सङ्गीतकार गुरुङ उपचारपछि स्वदेश फर्कंदै

काठमाडौँ, १५ चैत । भारतमा उपचाररत वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार आएपछि उहाँ बुधबार स्वदेश फर्कंदै हुनुहुन्छ ।

जीवनका ७८ औँ वसन्त पार गरिसकेका राष्ट्रिय गानका सङ्गीतकारसमेत रहेका गुरुङ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश फर्कन लाग्नुभएको लेखक÷समीक्षक प्रकाश सायमीले जानकारी दिनुभयो । उहाँ करिब दुई महिनादेखि उक्त अस्पतालमा भर्ना हुनुभएको थियो ।

सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ लामो समयदेखि मधुमेह, पार्किन्सनलगायतका रोगबाट पीडित हुनुहुन्थ्यो ।

मेदान्तको उपचारपछि उहाँको स्वास्थ्य सामान्य स्थितिमा आएको भर्खरै त्यहाँ पुगेर आउनुभएका सङ्गीतकर्मी रतन चन्दले बताउनुभयो । उहाँले भन्नुभयो – “उहाँको स्वास्थ्यमा लगभग सुधार आएको छ, बोल्न र मान्छे चिन्न सक्नुहुन्छ । चिकित्सकले पनि अब घर लाँदा हुन्छ भन्नुभयो ।”

स्वदेश फर्किएलगत्तै गुरुङको सम्मानमा विमानस्थलमै एक कार्यक्रम गरेर उहाँद्वारा सङ्गीतबद्ध राष्ट्रगान ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’, सैनिक गान ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ लगायत गीत गाउने कार्यक्रम रहेको छ ।

नसा तथा पाचन प्रणालीमा समस्या आएपछि यसअघि ग्रान्डी अस्पतालमा भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts