काठमाडौँ, २० फागुन । नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा नयाँ वर्षको पहिलो साता नेपालमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने भएको छ ।
सङ्घले आज पत्रकार सम्मेलन गरी आगामी वैशाख ४ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला परिसरमा प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।
आयोजक सङ्घका अध्यक्ष सुनिता थापाका अनुसार प्रतियोगितामा १३ देशका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा चीन, हङकङ, ताइवान, अमेरिका, न्युजिल्यान्ड, जापान, बेलायत, सिङ्गापुर र मलेसियाका खेलाडीको सहभागिता हुने छ । उहाँले कुस्ती खेलको बढ्दो रुचिका कारण यसको विकास र विस्तार गर्ने उद्देश्यले नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न लागिको बताउनुभयो । रासस
No comments:
Post a Comment