ललितपुर, ९ चैत । फुल्चोकी एकीकृत विकास आयोजना गोदावरी तथा गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा विश्व पानी दिवसको अवसरमा गोदावरी क्षेत्रको महत्व र आवश्यकता विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
सो अवसरमा जनसङ्ख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले गोदावरी क्षेत्रको वातावरणीय महत्वबारे प्रकाश पार्दै यस क्षेत्रमा साइकिलिङलगायत अन्य पर्यटकीय आकर्षणहरु थप्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।
फुल्चोकी एकीकृत विकास आयोजनाका संयोजक बटुकृष्ण कार्की र युवा जागरण पर्यावरणीय मञ्चका अध्यक्ष डा अष्टमान किसी महर्जनले गोदावरी क्षेत्रलाई वातावरणीय पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
गोदावरी नगरपालिकाका अधिकृत श्रीराम आचार्यले गोदावरीको जलाधार क्षेत्रको संरक्षण गरिनु पर्ने बताउनुभयो ।
मानव अधिकारकर्मी बद्री सिवाकोटी, नगरपालिका परामर्श समितिका दिपेन्द्र श्रेष्ठ, गोदावरी नगरपालिका कार्यकारी प्रमुख रोमबहादुर महत, ल.पु.जि.प्रमुख ऋषिराम शर्मालगायतका वक्ताहरुदारा गोदावरी क्षेत्रको पर्यावरण तथा पर्यटकीय महत्वबारे प्रकाश पार्नुभएको थियो । रासस
No comments:
Post a Comment